Sunakhari Academy

सुनाखरी एकेडमीद्वारा छात्रा वर्षालाई कराते च्याम्पियनसिपमा भाग लिन भुटानका लागि बिदाई

सुनाखरी एकेडेमीले छात्रा वर्षा राईलाई भुटानको राजधानी थिम्पुमा हुने ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन बिहिवार भुटानका लागि बिदाई गरेको छ।
स्कुलमा एक कार्यक्रमको आयोजना गरि बर्षालाई बिदाई गरिएको हो। स्कुलका प्रीन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई र प्लस टु कोअर्डिनेटर टप कुमार राईले अबिर खदा लगाएर जितको लागि शुभकामना दिदै बर्षालाई बिदाई गरे।
बर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौमा भएको ५६ औ राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन। आगामी जुलाई १३ देखि २० गते सम्म दक्षिण एशियाली कराते प्रतियोगिता हुने भएको छ।
बर्षाले सुनाखरी एकेडेमी बाटै २०८० को एस.ई.ई.दिएर कक्षा-११ मा अध्ययनका लागि प्रबेश परीक्षा दिई सकेकी छिन। करातेमा अब्बल बर्षालाई सुनाखरीले प्लस टु अध्ययनका लागि बिशेष सुबिधा प्रदान गर्ने प्रीन्सिपल राईले जानकारी दिए।